3 years ago
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियाड) का लागि नेपालले सहभागिता जनाउने भनिएको सबै २३ खेलको बन्द प्रशिक्षण आज (मंगलबार) देखि सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एसियाडमा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरे । पहिलो चरणको प्रशिक्षण २४ जेठबाट शुरु भएर असार २३ गतेसम्म हुनेछ । २३ खेलबाट २३० पुरुष र २८४ महिला गरी ५१४ जना खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् ।
सदस्यसचिव घिसिङले यो बन्द प्रशिक्षण १९औं एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहेको बताए । उनले अनुशासनपुर्वक प्रशिक्षणमा सहभागी हुन आग्रह गर्दै अब राष्ट्रिय टोलीको प्रशिक्षण ३६५ दिन नै आवश्यक रहेको बताए ।
सदस्यसचिव घिसिङले पहिलो चरणको प्रशिक्षणको लागि ५ करोड बजेट विनियोजन भएको र दोस्रो चरणको प्रशिक्षणको लागि पनि बजेट पारित भइसकेको बताए । सोही अवसरमा राखेपका सदस्यसचिव घिसिङले सम्वन्धित खेल संघलाई खेल सामग्री हस्तान्तरण गरिएको थियो ।
खेलाडीको तर्फबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठले आफ्नो मन्तव्य राख्दै बन्द प्रशिक्षणले सबै खेलाडीको उत्साह बढेको बताइन् । उनले प्रशिक्षण क्याम्प निरन्तर राखिदिन आग्रह गरिन् । प्रशिक्षको तर्फबाट भारोत्तोलनका राम पौडेलले बन्द प्रशिक्षणले खेलाडी र प्रशिक्षकमा उर्जा थपिएको बताए ।
राखेपले तेक्वान्दो, कराते र बक्सिङलाई पदक जित्ने सम्भावनाको आधारमा तथा अन्य खेललाई साग गेम्स पदकको सम्भावनाको आधारमा समावेश गरेको हो । एसियाडलाई लक्षित गर्दै गत बैशाखमा छनोट प्रतियोगिता भएको थियो । सोही छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडी बन्द्र प्रशिक्षणमा सामेल हुनेछन् ।
हाई पर्फमेन्स कमिटीका हिमाल राज दाहालले पहिलो चरणको प्रशिक्षण जेठ २५ देखि प्रशिक्षण सुरु गरिने जानकारी गराए । पहिलो चरणको प्रशिक्षणमा सामान्य शारीरिक फिटनेस प्रशिक्षण, मेडिकल प्रशिक्षण, शारीरिक परिक्षण, मानसिक परिक्षण, न्युट्रेसन र निद्रा परिक्षण हुनेछ । असार ३० सम्ममा दोस्रो चरणको लागि खेलाडी छनोट गरिने छ ।
तेक्वान्दो, कराँते, बक्सिङ, फुटबल, पौडी, ट्राइयाथोलन, कुस्ती र सुटिङ सातदोबाटोमा हुनेछ । दशरथ रंगशालामा एथलेटिक्स, उसु, भारोत्तोलन र थ्री वाई थ्री बास्केटबल हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा भलिबल, गोकर्णमा गल्फ, नया बजार खुशिवुमा जुडो, कीर्तिपुरमा फेन्सिङ, लगनखेलमा ह्यान्डबल, कञ्चनपुरमा कबड्डी, लैनचौरमा टेवल टेनिस र कीर्तिपुरमा क्रिकेट हुनेछ । ब्याडमिन्टनको परिषदले नै भेन्यु तोक्ने बताइएको छ ।
यस सेप्टेम्वर अक्टोवरमा हुने भनिएको एसियाड भने चीनमा बढ्दै गएको कोरोनाका कारण स्थगित भइसकेको छ । नयाँ मिति सार्वजनिन नभएपनि २०२३ भित्र नै एसियाड आयोजना हुने अनुमान गरिएको छ ।
एसियाडको १८औं संस्करणमा नेपालले २९ खेलमा भाग लिएको थियो । जसमा प्याराग्लाडिङमा नेपालले एक मात्र रजत पदक जितेको थियो ।
एसियाडमा नेपालले सहभागिता जनाउने खेल
तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्राइयाथोन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]