default_image

3 years ago

June 7, 2022

माल्दिभ्समा कामनाको टोलीको हार

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को सेमिफाइनल मा हार बेहोरेको छ ।

लिगमा लगातार चौथो जित निकालेर अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको पुलिस क्लब वाम्कोसँग ३–२ को सेटमा हार भोगेको हो ।

माल्दिभ्सको मालेमा सोमबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा पुलिसले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको लगातार दुई सेट आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएपनि टोली पाँचौ सेटमा निरिह बन्यो ।

पहिलो सेट १५–२५ र दोस्रो सेट २१–२५ ले गुमाएको पुलिसले त्यसपछि तेस्रो सेट २५–२१ र २५–२२ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा लम्विएको थियो । तर, निर्णायक सेटमा निरिह बनेको पुलिसले ५–१५ को सोझो सेटमा हार बेहोर्न पुग्यो ।

यस्तै अर्काे सेमिफाइनलमा क्लब इगलले टिम क्लब भलिबललाई २५–९, २५–९ र २५–१६ को सोझो सेटमा पराजित गरेको छ ।

कामना र उषाले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्ने गर्छन् । कामना र उषाको यो पहिलोपटक विदेशी लिग खेल हो । लिगमा १० टोलीको सहभागिता रहेको छ ।

यसअघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती, निमा श्रेष्ठ, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र अरुणा शाहीले खेलिसकेकी छिन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.