3 years ago
June 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघले विविध कार्यक्रम गरी विश्व वातावरण दिवस सोमबार मनाएको छ ।
सो अवसरमा संघका पदाधिकारी, पारा जुडो खेलाडी, सगरमाथाको सफल आरोहण गरिसकेकी चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडाकी डा.सब्रिना (अस्ट्रिया) लगायतले बहिरा विद्यालय, नक्सालको बानेश्वरमा रहेको होस्टेल हाताको सरसफाइ गर्नुका साथै वृक्षा रोपण गरेको नेपाल जुडो संघका महासचिव समेत रहेका पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
होस्टेलको हातामा जुडो हल पनि रहेको छ । सब्रिनाले खेलाडीलाई विश्व वातावरण दिवसका बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]