default_image

3 years ago

June 5, 2022

एनओसीका अध्यक्ष श्रेष्ठ पर्यटन मन्त्री बन्ने

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी (एस) को आइतबार बसेको सचिवालयको बैठकले यसअघि सरकारमा रहेका पाँच मन्त्रीलाई फिर्ता बोलाई पाँचै जनाको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका छन् ।

समाजवादीका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्यसचिवसमेत रहेका एनओसी अध्यक्ष श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस गरिएको छ ।

पर्यटन मन्त्री प्रेम बहादुर आलेसँगै श्रम मन्त्री किसन श्रेष्ठ, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडालाई फिर्ता बोलाइएको छ ।

मेटमणि चौधरी शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम मन्त्री तथा स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीको नाम सिफारिस भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउने छ । सपथ सोमबार हुने बताइएको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.