3 years ago
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पुरुषोत्तम सिलवालले आइतबार नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । सहभागी ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्दै सिलवालले उपाधि जितेका हुन् ।
नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै सिलवालले ७ खेलबाट ७ अंक बनाउँदै ७ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौका कुशल बेलबासे र तिलिङ्टार माविका पुर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार नगद प्राप्त गरे । त्यसैगरी बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलब ५ अंकका साथ चौथो स्थानमा रहँदै ३ हजार नगद हासिल गरे भने ७ खेलबाट ५ अंक बनाएका कपिल घिमिरे पाँचौै हुदै नगद २ हजार प्राप्त गर्न सफल रहे ।
काठमाडौंकी मार्शल तामाङ ७ खेलबाट ५ अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भईन । त्यसैगरी झापाकी पुनम प्रसाईं ४ अंकका साथ दोश्रो, युनिशा सुवेदी तेश्रो, सिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौं स्थानमा रहन सफल भए ।
समान ५ अंक बनाएका अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समुहमा क्रमशः पहिलो तथा दोश्रो स्थानमा रहन सफल भए । त्यस्तै समान ४ दशमलब अंक जोडेका आश्चर्य चौधरी तथा सागर सुप्रभ श्रेष्ठ तेश्रो तथा चौथो स्थानमा रहे भने आलोक चौधरी ४ अंकबा साथ पाँचौं भए ।
१० वर्ष सम्मको उमेर समुहमा लक्ष्य मोर ४ अंकका साथ पहिलो हुन सफल भए । त्यस्तै अग्रिम तामाङ, असिम महर्जन, ग्रिस्मन अधिकारी तथा तयाहाङ राई क्रमशः दोश्रो, तेश्रो, चौथो तथा पाँचौं हुन सफल भए ।
प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल खेलकुद महासंघका स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसी, नेपाल बुद्धिचाल संघका सदस्य अन्तर्राष्ट्रिय आर्विटर उमेश केसी, ईन्टरनेशनल मोटिभेसनल स्पिकर भुवन राज चतौट, नेकोसका केन्द्रिय सदस्य नवराज खरेल, प्रमुख आर्विटर उतम ढुंगेल, कार्यक्रम संयोजक मिसन बास्कोटा, साउथ वेस्टर्न स्टेट कलेजका प्रोग्राम कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछाने, स्पोर्टस डिपार्टमेन्ट प्रमुख सुदर्शन जमकटेल लगायतले मेडल, सर्टिफिकेट तथा ट्रफी प्रदान गरे ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]