default_image

3 years ago

June 5, 2022

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ ।

जी–२ ¥याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न देशका एक हजार पाँच सय खेलाडीको सहभागिता रहने छ ।

च्याम्पियनसिपका लागि एक सयभन्दा वढी विदेशी निर्णायकसमेत नेपाल आउने छन् । च्याम्पियनसिप सञ्चालनका लागि दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

वल्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो । कोरोना महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.