3 years ago
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण सिरिजका लागि दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् ।
प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले आइतबार ३५ सदस्यीय प्रारम्भिक टोलीबाट दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका हुन् । जसमा फरवार्डमा १५ तथा डिफेन्समा १३ खेलाडी छनोटमा परेका छन् ।
बंगलादेशसँगको सिरिजका लागि संघले गत महिनाको सुरुवातमै प्रशिक्षण सुरु गरेको थियो । नेपालले २१ र २२ जुनमा बंगलादेशको ढाकामा रहेको आर्मी स्टेडियममा दुई रग्वी सेभेन्स र एक रग्वी १५ खेल तालिका रहेको छ ।
दोस्रो चरणमा छानिएका खेलाडी
फरवार्ड – श्रीराम श्रेष्ठ, सुमन चौलागार्इं, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमित बहादुर मल्ल, विवश बासु, नविन महर्जन, किरण गुरुङ, अमर सिंह श्रेष्ठ, राम किशोर चोधरी, विक्रम भारती, शेरबहादुर ओली, क्षितिज कार्की र सञ्जिव कुँवर
डिफेन्स – कृष्ण क्षेत्री, प्रेम बहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, झुकेन राई, दिनेश थोकर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेष राज बास्तोला र सविन महत
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]