default_image

3 years ago

June 4, 2022

गोपीचन्द्र र राजपुरालाई कान्तिपुर हाफ म्याराथन उपाधि

450 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् ।

शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ मा उपाधि जितेका थिए ।

गोपीले निर्धारित दुरी १ घन्टा ७ मिनेट ४१ सेकेन्डमा पुरा गरे । दोस्रोदेखि पाँचौ सम्म आर्मीका खेलाडीले वर्चश्व जमाएको छ । आर्मीका दीपक अधिकारीले १ घन्टा ७ मिनेट ५० सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । उनी गोपीसँग ९ सेकेन्डले पछि परे ।

आर्मीकै मुकेश पालले १ घन्टा ८ मिनेट ४७ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । आर्मीकै गजेन्द्र राईले १ घन्टा ९ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै चौथो भए । आर्मीकै नरेन्द्र सिंह रावलले १ घन्टा ९ मिनेट १० सेकेन्डमा तथा आर्मीकै खगेन्द्र भाटले १ घन्टा १० मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै पाँचौ र छैटौं भए ।

महिलातर्फ पुलिसकी राजपुरा पछाईले १ घन्टा १९ मिनेट १० सेकेन्डमा दुरी परा गर्दै पहिलो भइन् । एपिएफकी पुष्पा भण्डारीले १ घन्टा २२ मिनेट ५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । पुलिसकी रेखा विष्टले १ घन्टा ३० मिनेट ५२ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइन् ।

आर्मीकी निर्मला केसीले १ घन्टा ३१ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै चौथो स्थानमा आइन् । एपिएफकी वृन्दा धनके श्रेष्ठले १ घन्टा ३३ मिनेट २७ सेकेन्डमा तथा आर्मीकी गीता विकले १ घन्टा ३६ मिनेट ३ सेकेन्डमा दुरी पार गर्दै क्रमश पाँचौ र छैटौं भइन् ।

उपाधिसँगै गोपी र राजपुराले समान १ लाख रुपैया हात पारेका छन् । दोस्रो भएको दीपक र पुष्पाले ५० हजार, तेस्रो भएको मुकेश र रेखाले ३० हजार, चौथो भएको गजेन्द्र र निर्मलाले २० हजार, पाँचौ भएका नरेन्द्र र व्रिन्दाले १० हजार र छैटौ भएका खगेन्द्र र गीता विकले समान ५ हजार रुपैया हात पारे ।

कर्पोरेट ५ किमी पुरुषतर्फ विकास पोखरेलले १७ मिनेट ४८.२७ सेकेन्डमा दुरी पार गर्दै पहिलो भए । शेर बहादुर थारुले १८ मिनेट ४७.६९ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । रितेश वलीले १९ मिनेट ४२.६६ सेकेन्डसहित तेस्रो भए ।

कर्पाेरेट महिलामा सनी तामाङले २६ मिनेट ३४.२४ सेकेन्डसहित पहिलो भइन् । सुनिता महर्जनले २७ मिनेट ४.४२ सेकेन्डसहित दोस्रो भइन् । लादेन प्रधानले ३० मिनेट १७.१७ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो भइन् । कर्पाेरेटतर्फको विजेताले पोखरामा २ रात र ३ दिनको तथा घुम्ने प्याकेज हात पारे । दोस्रो भएकाले नगरकोटमा रातको प्याकेज र तेस्रोले माउन्टेन फ्लाइटको टिकट प्राप्त गरेका छन् ।

३ किमी ह्वीलचेयर पुरुषतर्फ रमेश खत्रीले १२ मिनेट ३२.०३ सेकेन्डसहित पहिलो भए । प्रेम बहादुर विकले १४ मिनेट ८.३५ सेकेन्डसहित दोस्रो स्थान हात पारे । दान बहादर थिङले १४ मिनेट १५.३२ सेकेन्डसहित तेस्रो स्थान हासिल गरे । म्हिलमा यमी झाक्री मगर पहिलो तथा रजनी राई दोस्रो भइन् । ह्विल चेयरको विजेतााले समान ३० हजार, दोस्रो हुनेले समान २० हजार र तेस्रो हुनेले समान १० हजार प्राप्त गरे ।

१०औं संस्करणको हाफ म्याराथनको प्रधानमन्त्री शेर बहादुर देउवा र कान्पिुर पब्लिकेसनका सिएमडी कैलाश सिरोहियाले उद्घाटन गरेका थिए । नेपाल एथलेटिक्स सघंको प्राविधिक सहयोगमा हाफ म्याराथन (२१.१ किलोमिटर), ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट दौड गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो । झन्डै ४ हजार धावकले म्याराथनमा सहभागिता जनाएको आयोजकले जनाएको छ ।

हाफ म्याराथन कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बानेश्वर, तिनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर सोही रुट फिर्ता हुदै कान्तिपुर पब्लिकेसनमा आएर सकिएको थियो ।

ह्विल चेयर दौड कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर मण्डला घुमेर पुन कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।कर्पोरेट दौड कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बानेश्वर हुँदै सिभिल हस्पिटल पुगेर पुन त्यहिँ बाटो फर्केर कान्तिपुर पब्लिकेशन थापाथली आएर टुंगिने छ ।

एनआइसी एसिया बैंक, दि ब्रिटिस कलेज, पाठशाला नेपाल फाउन्डेसन, सिटिजन लाईफ इन्स्योरेन्स, टर्किस एअरलाइन्स, केएफसी, पिजा हट, ह्याम्स अस्पताल, डिस होम फाइवर नेट र वेलडन एडभरटाइजिङ सह प्रायोजक रहेका छन् ।

कान्तिपुर हाफ म्याराथनका हालसम्मका सम्मका विजेताहरु
२०६७– अर्जुन कुमार बस्नेत / कान्छीमाया कोँजु
२०६८– हरि कुमार रिमाल / बृन्दा श्रेष्ठ
२०६९– कल्याण बाँनिया / कान्छीमाया कोँजु
२०७०– अनिष थापामगर / कान्छीमाया कोँजु
२०७१– हरि कुमार रिमाल / विश्वरुपा बुढा
२०७२– गोपीचन्द्र पार्की / रेशु बस्नेत
२०७३– हरि कुमार रिमाल / कान्छीमाया कोँजु
२०७४–७५ – हरि कुमार रिमाल / कान्छीमाया कोँजु
२०७५–७६ – अनिष थापामगर / विश्वरुपा बुढा
२०७९ – गोपीचन्द्र पार्की / राजपुरा पछाई

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.