3 years ago
June 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा एकदिने फेन्सिङ खेलबारेको प्रशिक्षण सम्पन्न भएको छ ।
एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ अन्तर्गत यसपटक शुक्रबार फेन्सिङ खेलसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा आयोजित प्रशिक्षणमा कुल ३० खेलपत्रकार सहभागी भएका थिए । संंघका महासचिव सुजनलाल श्रेष्ठ, फेन्सिङका प्रमुख प्रशिक्षक अभिषेक कार्की र कोषाध्यक्ष अनुप कपालीले फेन्सिङ खेलबारे प्रशिक्षण दिएका थिए ।
श्रेष्ठले विश्वमा फेन्सिङ र नेपालमा फेन्सिङको इतिहास, कार्कीले खेलको तीन विधा फोइल, एपी र सावेरको प्राविधिक पक्ष र कपालीले स्कोरिङ नियमबार प्रशिक्षित गराएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले खेलका प्राविधिक पक्षबारे ज्ञान हुँदा मात्र पत्रकारले विश्लेषणात्मक समाचार उठान गर्ने भएकाले यो प्रशिक्षण कार्यक्रम उपलब्धिमूलक हुने बताए ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) ले कुनैपनि खेलबारे प्राविधिक पक्षको ज्ञान अभाव हुँदा ती खेलको रिपोटिङमा पत्रकारको चासो कम हुने यस्तै खालका प्रशिक्षणले यि समस्याहरु ह्ल हुँदै जाने बताए । नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिललाल श्रेष्ठले निकै चुनौतीपूर्ण अवस्थाका बाबजुद नेपालमा यो खेललाई उचाइमा पु¥याएको बताए ।
एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ सिरिजअन्तर्गत सञ्चालन गरेको यो पाँचौं खेलको प्रशिक्षण हो । यसअघि बक्सिङ, रक क्लाम्बिङ, ब्याडमिन्टन र भलिबल खेलबारे पत्रकारलाई प्रशिक्षण दिइएको थियो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]