3 years ago
June 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले नेदरल्यान्ड्समा प्रशिक्षण शुरु गरेकी छिन् ।
नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी चार साता प्रशिक्षणका लागि उनी सोमबार त्यसतर्फ प्रस्थान थिइन् । उनले झन्डै ३५ दिनको प्रशिक्षण नेसनल ट्रेनिङ सेन्टर पापेन्डलमा क्लब सुडोसा डेस्टोबाट लिनेछिन् । कप्तान अरुणाले त्यहाँ आफ्नै पोजिसन सेटरकै प्रशिक्षण लिनेछिन् ।
स्पाइकरको भुमिकामा भलिबलको सुरुवात गरेकी अरुणाले आफ्नो पोजिसन परिवर्तन गर्दै पछिल्लो समय सेटर रहेकी अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तान हुन् ।
उनको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी एसियन सेन्ट्रल जोनमा च्याम्पियन तथा सन् २०१९ मै स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो । साग इतिहासमा नेपाल फाइनल पुगेको त्यो पहिलो अवसर थियो । त्यसअघि नेपालले सागमा तीन पटक कास्य पदक जितेको थियो ।
सन् २०१९ मा नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ प्रारम्भिक चरणमै नपरेपछि नेपाल भलिबल संघले अरुणालाई कप्तानको जिम्मेवारी प्रदान गरेको थियो । उनको कप्तानी नेपालले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा दुईमा स्वर्ण र एकमा रजत पदक जित्न सफल भएको छ ।
यसअघि नेपाली महिला भलिबल टोलीले कास्यपदकभन्दा माथि जित्न सकेको थिएन । पाँच वर्षअघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल भलिबल संघ निकट रहेर काम गर्दै आएका छन् ।
राष्ट्रिय टोलीकै महत्वपुर्ण सदस्य सरस्वती चौधरीले पनि यसअघि जापानमा प्रशिक्षणको अनुभव बटुलिसकेकी छिन् । अरुणाले घरेलु भलिबलमा सुरुवातमा पोखराको ज्ञानुबाबा, त्यसपछि पश्चिमाञ्चल हुँदै न्यु डायमन्ड र पछिल्लोपटक बुटवलको एभरेस्ट क्लबबाट खेलेकी छिन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]