3 years ago
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेश्रो भए ।
फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघको व्यवस्थापनमा राखेपद्वारा आयोजित प्रतियोगिताको बीसी ४ को मिस्क टिम स्पर्धामा विष्णु घिमिरे, सुवेच्छा खतिवडा र निलम अधिकारी पहिलो, सुकुमाया लो, सविन तामाङ र जिज्ञासा अधिकारी दोश्रो तथा सीता ढकाल, सुरुजन रावत र विशाल श्रेष्ठ तेश्रो भए । बीसी ३ को मिक्समा आश्मा सिग्देल र रिदम क्षेत्रीले स्वर्ण, मर्यम नकर्मी र आयुष्मा अधिकारीले रजत तथा लिजा वज्राचार्य र सुभला राईले कांस्य जिते ।
बीसी २ को मिक्स टिममा रुपेश लामिछाने, रोशनी खत्री र अशोक बस्नेत पहिलो, प्रताप बराल, सुमन पालिखे र गंगामाया कसलवत दोश्रो तथा सुलोचना, दीपा सुलु र मानबहादुर भुजेल तेश्रो भए । सिंगल मिक्स स्पर्धामा मौसम चौधरी पहिलो र लक्ष्मी मगर दोश्रो बने ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ५२ प्रतिस्पर्धी सहभागी थिए । बोसियाको समापनसंगै पारा राष्ट्रिय खेलकुदले पनि बिट मारेको छ । पारा राष्ट्रिय खेलकुदमा विभिन्न १२ खेल समावेश थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]