3 years ago
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टको उच्च प्रदर्शनमा पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ ।
माल्दिभ्सको मालेमा मंगलबार राति भएको खेलमा पुलिसले क्लब हाफ लाइन लिंकेजलाई ३–१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित आत्मसात गरेको हो ।
पहिलो सेट २५–८ र दोस्रो सेट २५–३ ले सहजै आफ्नो पक्षमा पारेको पुलिस क्लबले तेस्रो सेट २३–२५ ले गुमाएको थियो । तर, त्यसपछि पुलिसले चौथो सेट पुनः २५–३ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।
क्लब हाफ लाइन लिंकेजविरुद्ध उच्च प्रदर्शन गरेकी कामना विष्ट प्लेयर अफ दि म्याच घोषित भइन् । लिगमा १० टोलीको सहभागिता रहेको छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]