3 years ago
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सेल्टर आश्रय नेपालले केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल सम्वन्धी कार्यक्रम आयोजना गर्ने भएको छ ।
सेल्टरले बुधबार पत्रकार सम्मेलन गर्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा ‘प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष खुश्वु ओलीले जानकारी गराइन् ।
सेल्टरले पछिल्ला पाँच वर्ष सडक बालबालिकारूलाई लक्षित गरेर खेलकुदका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । सडक बालिकालाई प्रशिक्षण दिई रसियामा सम्पन्न विश्वकपमा पनि सहभागिताको अवसर उनीहरूलाई हामीले दिएका थियौं । असहायका लागि अन्य खेलकुद गतिविधि पनि हामीले सञ्चालन गरिसकेका छौं ।
सोही योगदानको कदर गर्दै वियोन्ड स्पोर्ट्स नामक अन्तर्राष्ट्रिय संस्थाले सेल्टर नेपाललाई स्पोर्ट्स फर पिस एन्ड सोसियल जस्टिस अवार्डका लागि विश्वभरबाट शीर्ष चारमा मनोनित गरेको थियो । साथै एएफसीले सन् २०१८ मा सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम एसिया अवार्ड पनि प्रदान गरेको थियो । यस्तै एएफसीको ‘एनजिओतर्फ सिल्भर अवार्ड गरेको थियो ।
एएफसी र एन्फासँगको सहकार्य तथा सहयोगमा जेलभित्र रहेका कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोगका साथै उनीहरूमा आत्मविश्वास जगाउने उद्देश्य अनुरूप खेलाडी, प्रशिक्षक तथा रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रमको उद्देश्य कैदीबन्दीले जेल सजाय भुक्तान गरेपछि पुनः गलत बाटोमा नहिड्न र सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने रहेको छ । साथै कैदीबन्दीले जेल सजाय काटेर बाहिर आइसकेपछि उनीहरूलाई रोजगारीको माध्यम पनि सिर्जना गर्ने उद्देश्य पनि सेल्टरको रहेको छ ।
प्रशिक्षण कार्यक्रम आगामी जुन ५ देखि सुरु हुनेछ । यो एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । यो कार्यक्रमबाट एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ । पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गरिनेछ ।
प्रशिक्षकलाई डि लाईसेन्स, रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ । रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट गर्नेछौं । दोस्रो चरणको प्रशिक्षण कार्यक्रम भने डिसेम्बर १ देखि आगामी वर्षको मेमा अन्त्य हुनेछ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]