3 years ago
May 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दिवस शंकर र एसिया जवेगुको जोडीले दुबईमा भएको ‘बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिप–२०२२’ मा पुरुष युगलतर्फ कास्यपदक जित्न सफल भएको छ ।
उनीहरु पाँच चरणको खेल जितेर सेमिफाइनलमा प्रवेश गरेका थिए । तर, सेमिफाइनलमा दिवस र एसियाको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २–१ को सेटमा पराजित हुँदै फाइनलमा पुग्नबाट वञ्चित बन्यो । दिवस र एसियाको जोडी सेमिफाइनलमा १८–२१, २१–१४ र १६–२१ ले पराजित भयो । कास्य जितेको दिवस र एसिया को जोडीले १ हजार दिराम प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न देशहरुका खेलाडीहरुको सहभागिता रहेको थियो । दिवस र एसिया गत जेठ १ गते प्रतियोगितामा सहभागी हुनका लागि दुबई तर्फ प्रस्थान गरेका थिए ।
उक्त प्रतियोगितामा दुबई ब्याडमिन्टन एसोसिएसनद्वारा राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता प्राप्त प्रथम नेपाली महिला ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले फाइनलसम्मको खेलको अम्पायरिङ गरिन् ।
गुल्मी घर भएकी बराल रोजगारीको सिलसिलामा दुबईमा छिन् । त्यहाँ रहँदा उनले विभिन्न ब्याडमिन्टन प्रतियोगिताहरु खेल्नुका साथै अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा समेत अम्पायरिङ गरिसकेकी छिन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]