3 years ago
May 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ पहिलो भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेश्रो भए । चन्द्रमाले महिला १ सय मिटर दौडमा शीर्ष स्थान हात पारिन् । सिर्जना सेन्चुरी दोश्रो तथा छोरीमाया थापा तेश्रो बने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्वावधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला २ सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कांस्य जिते । सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे ।
पुरुष ४ सय मिटर दौडमा पनि अजयले स्वर्ण जिते । उर्गेन दोश्रो तथा अनिश खड्का तेश्रो बने । उक्त स्पर्धाको महिलामा हीरामायाले पहिलो स्थान हात पार्दै व्यक्तिगत दोहोरो स्वर्ण चुमिन् । विनिता थापा दोश्रो तथा सविता देउला तेश्रो भए ।
ह्विलचेयरको पुरुष १ सय मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय भए । सो स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोश्रो र इश्वरी न्यौपाने तेश्रो भए । ह्विलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङ दोश्रो तथा गिरीराज थापा तेश्रो भए । त्यसै स्पर्धाको महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोश्रो र मनमाया भण्डारी तेश्रो भए ।
आंशिक दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा दयाराम नारायण चौधरी पहिलो, हेम थापा दोश्रो र विपिन ओस्ती तेश्रो बने । सो स्पर्धाको महिलामा सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोश्रो र रचना पराजुली तेश्रो भए ।
पूर्ण दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोश्रो तथा सौगात वगाले तेश्रो भए । उक्त स्पर्धाको महिलामा सुनिता नेपालीले स्वर्ण, संगिता घलेले रजत र रोजनी थापा मगरले कांस्य जिते ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
हरेक स्पर्धाका विजेतालाई १ हजार, दोश्रोलाई ७ सय र तेश्रोलाई ५ सय नगद पुरस्कार प्रदान गरियो । एकदिने प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए । विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदअन्तर्गत पारा एथलेटिक्ससहित ११ खेल सम्पन्न भइसकेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]