default_image

3 years ago

May 31, 2022

माल्दिभ्समा उषाको टोलीको अर्काे हार

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीसम्मिलित दिबेही सिफान्जी क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा लगातार दोस्रो हार बेहोरेको छ ।

माल्दिभ्सको मालेमा सोमबार राति भएको खेलमा दिबेही सिफान्जी भलिबल युथ न्यु जेनेरेसन क्लबसँग ३–० को सोझो सेट पराजित भएको हो । एकपक्षीय खेलमा दिबेहीले न्यु जेनेरेसनसँग २५–१९, २५–१४ र २५–१३ को सेटमा हार बेहो¥यो।

दिबेहीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा जित निकालेको दिवेही दोस्रो खेलमा नेपालकै कामना विष्टसम्मिलित पुलिस क्लबसँग –० को सोझो सेटमा पराजित भएको थियो ।

कामना र उषाले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्ने गर्छन् । कामना र उषाको यो पहिलोपटक विदेशी लिग खेल हो । लिगमा १० टोलीको सहभागिता रहेको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.