default_image

3 years ago

May 30, 2022

अशोक उत्कृष्ट निर्णायक

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड र्‍याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो । त्यसमध्ये अशोक पनि उत्कृष्टमा परेका हुन् ।

अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा खड्काले पहिलो दिन ११ र दोश्रो दिन ८ खेल खेलाएका थिए । त्यस मध्ये उनले सिनियरको २ र क्याडेटको १ गरी ३ फाइनल खेलाएका थिए ।

सिनियरको पुरुष ६३ केजी र महिला ७३ केजीमुनिमा निर्णायकको भूमिका निर्वाह गरेका अशोकले क्याडेटतर्फ पुरुष ३८ केजीमुनि फाइनल खेलाएका थिए । आयोजक अस्ट्रियन तेक्वान्दो महासंघका अध्यक्ष डा. रेजा जादेह मोहम्मदले अशोकलाई उत्कृष्ट भएवापत मायाको चिनो प्रदान गरे ।

उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् । खड्का पुम्से र पारा तेक्वान्दोको पनि निर्णायक हुन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.