3 years ago
May 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स प्रस्थान गरेकी छिन् ।
नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी प्रशिक्षणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । अरुणालाई नेपाल भलिबल संघको केन्द्रिय सदस्य राज कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तथा टाइगर ग्रुप अप पोखरा नेपालको कोषाध्यक्ष हरि श्रेष्ठ र न्यूडायमन्ड स्पोर्ट्स क्लबकी कप्तान ललितानाथ लगायतले बिदाई गरे ।
राष्ट्रिय टोलीसँग बाहेक अरुणा पहिलोपटक औपचारिक रुपमा वैदेशिक प्रशिक्षणका लागि जान लागेकी हुन् । कप्तान अरुणाले त्यहाँ ३५ दिन सेटरको प्रशिक्षण लिनेछिन् । ‘यहाँ गुरुहरुले जति सिकाउनु भएको त्यसकै आधारमा खेल्दै आएकी छु,’ उनले भनिन्, ‘सेटरकै लागि प्रशिक्षण गर्ने अवसर मिलेको छ । यसले खुसीसँगै उत्साहित पनि छु । यो प्रशिक्षणले राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्ने मैले विश्वास छ ।’
अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी एसियन सेन्ट्रल जोनमा च्याम्पियन तथा सन् २०१९ मै स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो । साग इतिहासमा नेपाल फाइनल पुगेको त्यो पहिलो अवसर थियो ।
त्यसअघि नेपालले सागमा तीन पटक कास्य पदक जितेको थियो । सन् २०१९ मा नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ प्रारम्भिक चरणमै नपरेपछि नेपाल भलिबल संघले अरुणालाई कप्तानको जिम्मेवारी प्रदान गरेको थियो ।उनको कप्तानी नेपालले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा दुईमा स्वर्ण र एकमा रजत पदक जित्न सफल भएको छ । यसअघि नेपाली महिला भलिबल टोलीले कास्यपदकभन्दा माथि जित्न सकेको थिएन ।
पाँच वर्षअघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल भलिबल संघ निकट रहेर काम गर्दै आएका छन् । राष्ट्रिय टोलीकै महत्वपुर्ण सदस्य सरस्वती चौधरीले पनि यसअघि जापानमा प्रशिक्षणको अनुभव बटुलिसकेकी छिन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]