3 years ago
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते । भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा पहिलो स्थान हात पारे ।
सोही प्रतियोगितामा जजको भूमिका निर्वाह गरेका नेपाल उमा कुङफु संघका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि सम्मानित भए । त्यसै कार्यक्रममा स्थानिय निर्वाचन– २०७९ मा तार्केश्वर नगरपालिको मेयरमा निर्वाचित भएका काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जनलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन, नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, पूर्व अध्यक्ष उद्धव थापा मगर, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । भूपेन्द भने हाल इङल्यान्डमै रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]