3 years ago
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान टाइगरले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा भएको फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२–२२ ले सहजै पराजित ग¥यो । ज्ञान टाइगरका धनराज सरु मगरले सर्वाधिक २० अंक जोडे । धनराज नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
पहिलो क्वाटरमा १२–९ को अग्रता बनाएको ज्ञान टाइगरले अन्तिमसम्म अग्रतालाई कायम राख्दै जित अन्तर फराकिलो बनायो । ज्ञान टाइगरले दोश्रोमा ८–२, तेश्रोमा २४–४ र चौथोमा ८–७ अंक जोड्यो । संस्कृतिका सुशांक अधिकारी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । उनले प्रतियोगिताभर ४२ स्कोर गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवाल, पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्य, प्रमुख कार्यकारी अधिकृत इश्वर अधिकारी, प्रिन्सिपल विश्वनाथ कँडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरेको पाठशालाका बास्केटबल प्रशिक्षक अंकित श्रेष्ठले जनाएका छन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]