3 years ago
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको क्यालिफोर्नियामा नेपाली समुदायबीच भलिबल प्रतियोगिता हुने भएको छ ।
क्यालिफोर्नियास्थित एलामेडा प्वाइन्ट जिमको इन्डोर कभर्डहलमा हुने नेप्लिज कम्युनिटी भलिबल प्रतियोगितामा अमेरिकामा रहेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीले सहभागिता जनाउनेछ ।
दुई दिन २८ र २९ मार्चमा हुने प्रतियोगितामा पुर्व राष्ट्रिय खेलाडी रोमन श्रेष्ठसँगै नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका पुर्व कप्तान कैलाश दत्त भट्टले पनि उक्त प्रतियोगिता खेल्नेछ ।
कैलाशले टेक्सासको नेतृत्व गर्नेछ । राष्ट्रिय खेलाडी राम श्रेष्ठले मेरिल्यान्ड बाल्टिमोर र न्युयोर्कलगायतको स्टेटको सहभागिता रहनेछ ।
प्रतियोगिताको आयोजना सान फ्रान्सिस्को भलिबल टिम, एनआरएनए सिए च्याप्टर र बर्केली अन्नपुर्ण लायन्स क्लबले ‘मेमोरियल डे लङ विकेन्ड’ को अवसरमा आयोजना गर्न लागेको हो ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]