3 years ago
May 27, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राजस्थानका कप्तान सन्जु स्यामसनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
राजस्थान र बेंगलोरले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैनन् । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित हुँदै सोझैं फाइनलमा पुग्नबाट बाहिरिएको थियो । अन्तिम ६ बलमा १६ रन चाहिँएको अवस्थामा डेविड मिलरले प्रसिद्ध कृष्णलाई सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै गुजरातलाई फाइनलमा पुर्याएका थिए । बेंगलोर भने एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
बेंगलोरले सन् २०१६ पछि हालसम्म फाइनल खेल्न सकेको छैन । राजस्थान पहिलो संस्करणको २००८ को आइपिएल च्याम्पियनपछि फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन ।
आइपिएलमा राजस्थान र बेंगलोरबीच कुल २७ खेल भएका छन् । राजस्थान ११ र बेंगलोर १३ खेलमा विजयी भएका छन् । जारी सिजनका दुई खेलमा दुबै टोली एक एक खेलमा विजयी भएका छन् ।
पहिलो खेलमा बेंगलोर ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा २९ रनले पराजित भएको थियो । पछिल्ला पाँच प्रतिस्पर्धामा बेंगलोर चार खेलमा विजयी भएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]