3 years ago
May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा विजयी सुरुवात गरेको छ ।
माल्दिभ्सको मालेमा बिहीबार राति भएको खेलमा पुलिसले क्लब इगललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भयो । दोस्रो सेटमा राम्रो सुरुवात गरेपनि क्लब इगलले बलियो चुनौती पेश गर्दा पुलिसले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो सेटमा पुलिसले २०–२० को बराबरीको अवस्थाबाट कामना सम्मिलित पुलिसले लगातार ५ अंक जोड्दै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
त्यसअघि बिहीबार नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीसम्मिलित दिबेही सिफान्जी क्लबले क्लब हाल्फलाइन लिक्केजलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।
कामना र उषाले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्ने गर्छन् । कामना र उषाको यो पहिलोपटक विदेशी लिग खेल हो । लिगमा १० टोलीको सहभागिता रहेको छ ।
यसअघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती, निमा श्रेष्ठ, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र अरुणा शाहीले खेलिसकेकी छिन् ।
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 6, 2025
दिपक बोहोरा, पाँचथर पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेश स्तरीय एन्फा आधारभुत रेफ्रिङ कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघ ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्रिङ कोर्षको आयोजना गरेको हो । आगामी बैशाख ३० गतेसम्म सन्चालन हुने कोर्षमा कोशी प्रदेशका बिभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा […]