3 years ago
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पाठशाला नेपाल फाउन्डेसनको आयोजनामा पाठशाला कप एसइइ नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्यले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् । विजेताले १५ हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाउने छन् । तीनदिने प्रतियोगिताका खेलहरु बानेश्वरस्थित आयोजक पाठशालाकै कोर्टमा खेलाइने छ ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]