3 years ago
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रन्जना धामीले पारा एसियाली खेलकुद (एसियाड) मा छनोटमा कास्य जितेपनि पारा एसियाडमा छनोन हुन असफल भएकी छिन् ।
चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि दुवईमा भएको छनोट प्रतियोगितामा रन्जनाले आफ्नो विधामा कास्यपदक जितेपनि उनी पारा एसियाडलाई छनोट हुन असफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।
के४४ (४७ केजी मुनि) पहिलो र दोस्रो हुने खेलाडी मात्रै छनोट हुने प्रावधान रहेकाले रन्जना छनोट हुन असफल बनिन् । रन्जना काजकस्तानकी क्रास्सभसि मिलानासँग १६–१८ को अंकमा चुकिन् । रञ्जनाले विश्व च्याम्पियनसिपसहित विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य जितेकी छन् ।
के४४ (५८ केजीमुनि) राम बहादुर अधिकारी इराकका अब्बास हुसेन हुसेनसँग ३३–३७ ले पराजित भए । दुवईमा भएको छनोटमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइ प्रस्थान गरेको थियो । टोली प्रमुखमा रामचन्द्र श्रेष्ठ र प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका थिए ।
पारा ओलम्पियन पलेशा गोवद्र्धन र सिर्जना घिसिङ विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]