3 years ago
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
टाइम्सले विशाल मिलन केन्द्र (वीएमके) लाई ८७–६५ ले पराजित ग¥यो । टाइम्सको जितमा श्रेयश शाहले २० अंक योगदान गरे । रवि पौडेलको २१ अंक सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले अन्माइस नेपाललाई ८७–५१ ले हरायो । फाइनल बुधबार हुने छ ।
रोयल र जेभियर उपाधिनजिक
रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर इन्टरनेसनल कलेज फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा पुगेका छन् । राउन्ड रोविन लिगमा रोयल विजेता तथा जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँ बजार क्लब, कीर्तिपुरलाई ३४–१७ ले पाखा लगायो । रोयलकी प्रतिक्षा मगरले १४ स्कोर गरिन् । जेभियरले आईएसए नेपाललाई २८–१९ ले पन्छायो । जेभियरकी कृति चौधरीले ८ अंक जोडिन् । फाइनल बिहीबार हुने छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]