default_image

3 years ago

May 24, 2022

नवौं पुनः सर्‍यो, अब असोज–कार्तिकमा हुने

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै अब नवौं असोज र कार्तिकमा हुने जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार अब नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कार्तिकसम्म हुनेछ । यसअघि मन्त्री परिषदको निर्णयले नै २२ देखि २८ जेठसम्म नवौं हुने जानकारी गराएको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्रस्तावमा मंगलबार बसेको मन्त्री परिषदको बैठकले नवौंको नयाँ मिति घोषणा गरेको युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वरजंग गहतराजले जानकारी गराए । मन्त्री गहतराजले नवौंको लागि खेलाडी छनोट प्रक्रिया अघि बढिसकेपनि त्यसबाहेक बजेट कार्यान्वयनको लागि सार्वजनिक खरिद ऐन अनुसार जानुपर्ने भएपछि समय नपुगेको स्थिति सिर्जना भएपछि नवौं सार्नपरेको बताए ।

‘नवौंका लागि गण्डकी प्रदेशले पोखरामै खेलाडी छनोट गरिरहेको छ । उनीहरुले पनि समय नपुग्ने भन्यो । मधेश प्रदेशले पनि नवौं पछि सार्दा राम्रो हुने, यो बीचमा स्थानिय निर्वाचन, कक्षा ११ र १२ को परीक्षा पनि त्यही मितिमा रहेको देखियो ।’ मन्त्री गहतराजले भने, ‘यसबाहेक १९औं एसियाली खेलकुद (एसियाड) को लागि नवौंबाटै खेलाडी छनोट भएर जानुपर्ने भएपनि एसियाड नै सरेको अवस्थामा नवौं पनि सार्नु पनि उपयुक्त भएकाले सार्ने निर्णय गरेका हौं ।’

मन्त्री गहतराजले असार र असोजको पहिलो र दोस्रो साताको लागि पनि समय हेरेपनि त्यो समयमा मौसमकै कारण हुन नसक्ने भएपछि असोज अन्तिम र कार्तिक पहिलो साता गर्ने निर्णय गरिएको जानकारी गराए ।

‘नेपाल यो वर्ष निर्वाचनसँगै पर्व नै पर्वले घेरिएको छ । अहिले स्थानिय निर्वाचन सकिएको अवस्था छ । मंसिरमा अर्काे चुनाव हुँदैछ । त्यो भन्दा अघिको उपयुक्त समय दशैं र तिहारको बीचमा देखियो ।’ मन्त्री गहतराजले भने, ‘मिति मात्रै सरेको हो । अरु केही सरेको छैन । आगमी वर्षको बजेटमा नवौंको शीर्षकमा बजेट आउनेछ । नवौंपछि एसियाडलाई लक्षित गरेर प्रशिक्षण थाल्नेछौं ।’

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौं सर्न या रोकिन अब त बहाना बन्ने ठाउँ नै नरहेको बताए । ‘अब त दाया–बाया गर्ने ठाउँ हुदैन । हामीले हतार नगरी नभइकन ढिला गरी मिति घोषणा गरेका थियौं । जसरी सोचेका थियौं । त्यो अनुसार केही हुन सकेन । कतिपय टोलीको आग्रहले गर्दा पनि नवौं सार्नु परेको हो ।’ सदस्य–सचिव घिसिङले भने, ‘६० करोड नबढाएर सिलिङ भित्र खर्च गर्नको लागि बजेट आएको छ ।

वैशाख ९ गते बसेको राखेपको ११२औं बोर्ड बैठकले ३६ प्रतिस्पर्धात्मक र २ प्रर्दशनी गरि ३८ खेल नवौं राष्ट्रिय खेलकुदमा समावेश गर्ने निर्णय गरेको थियो । वैशाख २४ गते नवौं राष्ट्रिय खेलकुद खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको थियो । जेठ १० गते भित्र टिम दर्ताका लागि समय सिमा तोकेको थियो ।

नवौंमा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र सशस्त्र प्रहरी) र एनआरएनए गरि ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा भाग लिने यसअघि नै राखेपले सार्वजनिक गरिसकेको छ ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.