3 years ago
May 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर वाङ्चेन धोन्डुपले सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन अग्रता लिन सफल भएका छन् ।
गोकर्ण गल्फ क्लबमा सोमबार भएको पहिलो दिन वाङ्चेनले सात अन्डर ६५ को कार्डसहित भुवन नगरकोटी, रवि खड्का र निरज तामाङमाथि तीन स्ट्रोकको अग्रता लिन सफल भएका हुन् । भुवन, रवि र निरज चार अन्डर ६८ मा छन् ।
शुक्रबहादुर राई, एमेच्योर सद्भाव आचार्य र महेन्द्र फगामी तीन अन्डर ६९ मा छन् । रामे मगर र १३औं दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ दुई अन्डर ७० मा छन् । पशुपति शर्मा, दलबहादुर लामा, भुवनकुमार रोक्का, बल भद्र राई, पूर्णप्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ र भारतीय एमेच्योर गल्फर आरभ डी शाह वन अन्डर ७१ मा छन् ।
दुई भाइ विष्णु र सूर्यप्रसाद शर्मा समान पार ७२ मा छन् । एमेच्योर विजय श्रेष्ठ, तीर्थ पौडेल, सञ्जोक मोक्तान, राजेन्द्र श्रेष्ठ प्रधान र प्रदीप कुमार लामा एक ओभर ७३ मा छन् ।
वाङ्चेनले बोगीबाट दिनको सुरुवात गरे तर दोस्रोमा बर्डीका लागि चिप इन गरे र चौथो देखि सातौं होलसम्म लगातार तेस्रो बर्डीले उनले फ्रन्ट नाइनमा ६ अण्डर ३० मा रह्यो । ब्याक १ अन्डर ३५ को लागि उनले ११औं होलमा बोगीविरुद्ध १० र १३औं होलमा बर्डी गरे ।
रविले फ्रन्ट नाइनमा १ अन्डर ३५ र आठौं होलमा बोगीविरुद्ध पहिलो र दोस्रोमा बर्डी बनाए । ब्याक नाइनमा उनले ११औं, १२औं र १८औं होलमा तीन अन्डर ३३ को लागि बर्डी गरे । निरजले फ्रन्ट नाइनमा वन अन्डर ३५ को लागि दोस्रो होलमा बोगीविरुद्ध तेस्रो र चौथोमा बर्डी बनाए । ब्याक नाइनमा उनले १३, १४, १६ र १७ औं होलमा बर्डीको सहयोगमा १८औंमा ३ अन्डर ३३ को लागि थ्री अन्डर ३३ प्रहार गरे ।
भुवनले फ्रन्ट नाइनमा सातौं र आठौं होलमा बर्डी बनाए । ब्याक नाइनमा ११, १२ र १८औं होलमा १४औं होलको बोगीविरुद्ध बर्डी बनाए । एमेच्योर सद्भावले आठौंमा बोगीविरुद्ध दोस्रो, तेस्रो र सातौं होलमा बर्डीसहित फ्रन्ट नाइनमा दुई अन्डर ३४ बनाए । ब्याक नाइनमा उनले अन्तिम होलमा बोगीविरुद्ध १५औं र १७औं होलमा बर्डी गरेपछि वन अन्डर ३५ खेले ।
शुक्रले छैठौं होलमा लोन बर्डीको साथ फ्रन्ट नाइनमा एक अन्डर ३५ खेले । ब्याक नाइनमा ११, र १७औ होलमा दुई अन्डर ३४ खेले ।
विजेताले २ लाख ५० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ५५ हजार पाउने छन् । यस्तै तेस्रोले १ लाख १० हजार, चौंथोले ९५ हजार र पाँचौंले ८७ हजार नगद पुरस्कार पाउने छन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।