default_image

3 years ago

May 23, 2022

पारा तेक्वान्दो टोली युएइ जाने

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन् ।

जेठ १२ गते हुने प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

रञ्जनाले विश्व च्याम्पियनसिपसहित विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य जितेकी छन् । टोली प्रमुखमा रामचन्द्र श्रेष्ठ र प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् ।

पारा ओलम्पियन पलेशा गोबर्दन र सिर्जना घिसिङ विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए ।

टोलीलाई सोमबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरियो । सो अवसरमा पैंक बाइकले प्रायोजन गरेको ट्रयाकसुट प्रदान गरिएको थियो । पैंक बाइकका प्रोप्राइटर टिरेक मानन्धरले टोलीलाई ट्रयाक सुट हस्तान्तरण गरे । पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र अमिर ब्लोनलाई पनि ट्रयाक सुट प्रदान गरिएको थियो ।

यसअघि पैंक बाइकले ४ पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षणमा आते–जाते गर्न सहज होस् भनी साइकल पनि सहयोग गरेको थियो । त्यस्तै केहि खेलाडीलाई आफ्नो संस्थामा रोजगारी पनि दिएको छ ।

April 24, 2025

आयोजक चन्द्रगढी भेट्रान फुटबलको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे‌। सन्तोष बस्नेतले […]

April 23, 2025

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित

सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा‌३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]

April 22, 2025

दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]

Success

Thank you for your time.