default_image

3 years ago

May 22, 2022

पूर्णको टोलीलाई प्रो–एम उपाधि

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्ण शर्माको टोलीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम उपाधि जितेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा भएको खेलमा प्रो पूर्णमा एमेच्योर महेन्द्र फगामी, समीर आचार्य र कश्मिरा शाहको टोलीले १५३ अंक जोड्दै उपाधि जितेको हो ।

प्रो पूर्णले ४४, महेन्द्रले ३८, समीरले ३६ र कश्मिराले ३५ अंक जोडेका थिए । सञ्जय लामा (३८) र एमेच्योर कर्नल विकास शाह (३५), बाबु शेर्पा (३५) र कर्णेल प्रताप बोहरा (३४) को टोलीले कुल १४२ अंक जोड्दै दोस्रो भयो । रवि खड्का (३८) र एमेच्योर आङदेन्दी शेर्पा (३४), चन्द्र लिम्बु (३४) र किशोर बस्नेत (३४)को टोलीले १४० अंकसहित तेस्रो भयो ।

कश्मिरा शाहले उत्कृष्ट व्यक्तिगत महिला स्कोरको ट्रफी पनि जिते, उनले ३५ अंक जोडिन् । दावा जे शेर्पाले लङ्गेस्ट ड्राइभ र आरती राज्य लक्ष्मी राणाले क्लोसेस्ट टु दि पिनको उपाधि जिते । स्टेबलफोर्ड ३/४ ह्यान्डिक्यापमा खेलिएको प्रो–एम इभेन्टमा २४ खेलाडीसहित ११३ खेलाडीको सहभागित रहेको थियो ।

विजेतालाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक डा. रवि कुमार रायवरम, पूर्व प्रबन्ध निर्देशक, सूर्य नेपाल प्रालिका अभिमन्यु पोद्दार, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र एनजीएका अध्यक्ष टासी घलेले पुरस्कृत गरे ।

सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सिजन समापन कार्यक्रम, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि सुरु हुदैछ । सिजनको अन्तिम प्रतियोगितामा ४३ प्रो र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् । विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५५ हजार र तेस्रो हुनेले १ लाख १० हजार र शीर्ष २१ ले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.