default_image

3 years ago

May 22, 2022

युवराज र स्मृति पहिलो

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रामेछापका युवराज लामा र मोरङकी स्मृति कोइराला पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खुला साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार पहिलो भएका छन् ।

नेपाल दृष्टिविहीन टेबलटेनिस संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा युवराजले ताप्लेजुङका प्रेम लिम्बूलाई ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे ।

शंखुवासभाका छत्रबहादुर तामाङ र लम्जुङका कुशल न्यौपाने तेश्रो भए । चावहिलको मैजुबहालस्थित विश्व शिक्षा सदन विद्यालयमा भएको महिला फाइनलमा स्मृतिले तनहुँकी सनिता भट्टराईलाई २–१ को सेटमा हराइन् ।

झापाकी सुजाता लिम्बू र तेह्रथुमकी करुण लिम्बू तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ हजार, १ हजार र ५ सय नगद पुरस्कार पाए ।

विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सोही विभागका प्रशासकीय अधिकृत सारङगिन निरौला, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकदिने प्रतियोगिताको पुरुषमा १४ र महिलामा ११ खेलाडीले प्रतिस्पर्धा गरेको साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । पारा राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुँदैछ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.