3 years ago
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आज जेठ ८ अर्थात भलिबल दिवस । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा आज भलिबल दिवसलाई विविध कार्यक्रम गरेर मनाईदैछ ।
नेपाल भलिबल संघले कुनै औपचारिक कार्यक्रमको जानकारी नगराएपनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ ।
यस्तै महिला भलिबलमा छुट्टै पहिचान बनाउन सफल न्यु डायमन्ड स्पोर्ट्स क्लबले क्लबकै प्रांगणमा आफ्नो टोली र एनभिए लिग च्याम्पियन त्रिभुवन आर्मी क्लबसँग मैत्रीपूर्ण खेलसँगै विविध कार्यक्रमको आयोजना गरि मनाउन लागेको प्रशिक्षक कुमार राईले जानकारी गराएका छन् ।
तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मन्त्रीपरिषदबाट २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।सोही दिनको सम्झनामा नेपाल भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको हो ।
भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ । भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबलको लोकप्रियता पछिल्लो समयमा कुनै कमी आएको छैन ।
राष्ट्रिय खेल भलिबलको प्रतियोगिता आयोजनाको बाढी रहँदा संघले त्यसलाई व्यवस्थित गर्न सकिरहेको छैन । संघको आफ्नै कभर्डहल नरहेपनि संघले कभर्डहल बनाउन पहल गरिरहेको छ । तर त्यसले सार्थकता पाउन सकेको छैन ।
भलिबल राष्ट्रिय खेल घोषणा भएसँगै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सफलता हात पारेको छ । महिला टोलीले लगातार दोस्रो पटक सेन्ट्रल जोनको च्याम्पियन बन्दा दक्षिण एसियाली खेलकुद (साग) पनि ऐतिहासिक रजतपदक जितेको छ । पुरुष टोलीले भलिबल राष्ट्रिय खेल घोषणा हुनुअघि सेन्ट्रल जोनमै ऐतिहासिक कास्यपदक भित्र्याएको थियो ।
April 21, 2025
सुमन अधिकारी, बुटवल आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले यु १४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । देवदह क्रिकेट युनिटलाई सोमवार भएको फाइनलमा १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि जितेको हो । नरेश्वर खेल मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० […]
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]
April 21, 2025
पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]