3 years ago
May 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ ।
दुई खेलको टी– २० शृंखला बाग्मतीले २–० ले जितेको हो । दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५२ रन बनाएको थियो । सागर चेपाङले ३१ रन जोडे । प्रत्युत्तरमा बाग्मतीले १९.४ ओभरमा ८ विकेट क्षतिमा लक्ष्य भेटायो । शान्त पहरीले ३८ रन बनाए ।
राष्ट्रिय नेत्रहीन क्रिकेट संघको तत्वावधानमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शान्त ‘म्यान अफ द सिरिज’ घोषित भए । सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै ४ विकेट पनि लिए । पहिलो खेलमा बाग्मतीले मधेशलाई ७ विकेटले हराएको थियो ।
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]