3 years ago
May 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाले कोर्स रेकर्डसहित प्रधानसेनापति हाई अल्टिच्युड ट्राईएड्भेन्चर प्रतियोगिताको उपाधि जितेका छन् ।
१ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी उनीहरुले १ घन्टा १५ मिनेट २ सेकेन्डकमा पुरा गर्दै कोर्स रेकर्डसहित उपाधि जितेको हो ।
मुस्ताङको जोमसोममा शनिबार भएको प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ट्रायथलनको स्वर्णपदक जितेका हिमालले हाई अल्टिच्युड ट्राई–एड्भेन्चरको खुला स्पर्धामा लगातार दोस्रोपल्ट उपाधि जितेका हुन् ।
यसअघि हिमालले बसन्त थारुसँग मिलेर दोस्रो संस्करणमा १ घन्टा १९ मिनेट ४२ सेकेन्डसाथ २०.२ किमि दूरी पार गर्दै सफलता हात पारेका थिए । उनले त्यही कोर्स रेकर्डलाई यसपाली मान बहादुरसँग मिलेर तोडेका हुन् । यो जोडी पहिलो संस्करण (२०७४ साल) मा दोस्रो भएको थियो ।
नेपाली सेनाकै टिमले शीर्ष तीन स्थान कब्जा गरेको छ । बसन्त थारु र नवराज न्यौपाने दोस्रो भएको भए । बसन्त र नवराजले १ घन्टा १७ मिनेट १६ सेकेन्डमा दूरी पार गरे । कमल ओली र प्रेमसिंह मन्याल १ घन्टा २१ मिनेट ३० सेकेन्डसहित तेस्रोमा रहे । उपाधिसँगै हिमाल टमाटा र मानबहादुरले ३ लाख रुपैया प्राप्त गरेका छन् । दोस्रो भएको बसन्त र नवराजले २ लाख तथा तेस्रो भएको कमल र प्रेम सिंहले १ लाख रुपैयाँ हात पारेको छ ।
महिलातर्फ हिमालयन गल्सकी हुमी बुढामगर र इन्द्रकला नेम्बाङले पनि १ घन्टा ४३ मिनेट २३ सेकेन्डको कोर्स रेकर्ड बनाउँदै पहिलो स्थान हात पारेका छन् । हुमी र उषाको जोडी हाई अल्टिच्युड ट्राई–एड्भेन्चरको दोस्रो संस्करणमा उपविजेता भएको थियो ।आर्मीका उषा खनाल र मन्जु कुमारी खड्का (१ घन्टा ५० मिनेट ३६ सेकेन्ड) दोस्रो भइन् । आर्मीकै केसरी थापा मगर र सुधा राईको २ घन्टा १८ मिनेट मिनेटमा दुरी पार गर्दै तेस्रो भइन् ।
महिलाको विजेता हुमी र इन्द्रकलाले १ लाख, उपविजेता उषा र मन्जुले ७५ हजार र तेस्रो भएको आर्मीकै केशरी र सुधाले ५० हजार रुपैया प्राप्त गरेका छन् । दुई संस्करणमा स्वदेशी खेलाडीले प्रतिस्पर्धा गरेको हाई अल्टिच्युड ट्राई–एड्भेन्चरलाई यसपटककदेखि अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरेको हो ।
अन्तर्राष्ट्रिय विधामा भारतीय आर्मी (पिट्टु शिव कृष्ण रेड्डी र सप्पर विनायक पोपट कुटे) १ घन्टा ३५ मिनेट ६ सेकेन्डसाथ पहिलो भए । यसमा ब्रिटिश आर्मीका दुई र बंगलादेशी सेनाका एक टिम पनि सहभागी थिए । नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा छनोट भएका २२ टिमले सहभागिता जनाउँदा महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।
April 26, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]