default_image

3 years ago

May 20, 2022

जेभियरको सफल सुरुआत

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँ बजार, कीर्तिपुरलाई ३१–२४ ले पराजित ग¥यो । जेभियरका लागि भावना केसीले १४ अंक जोडिन् ।

दोश्रो क्वाटरको समाप्तिसम्म जेभियर १२–६ ले पछि थियो । पहिलो क्वाटरमा २–१ को झीनो अग्रता लिएको जेभियर दोश्रोमा ४–११ ले पछि रह्यो । त्यसपछिका लगातार दुई क्वाटर क्रमशः १६–७ र ९–५ ले आफ्नो पक्षमा पार्दै जेभियरले जित पक्का ग¥यो ।

प्रतियोगिताको जिएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । ४ टिम सहभागी प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाइने छ । शीर्ष २ टोलीले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । साउनागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुने छ ।

इक्याबलाई सफलता
इक्याब मेरिलियोन जिम्नाजियमले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । इक्याबले शंकरदेव क्याम्पसलाई ५२–४५ ले पराजित ग¥यो । इक्याबको जितमा परिचितले ११ अंक योगदान गरे ।

साउनागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको अन्य खेलमा विशाल मिलन केन्द्र (विएमके), टाइम्स र अन्माइस विजयी भए । सोनाम तेन्जिङको १७ अंक सहयोगमा विएमकेले टिम सिंहलाई ६७–४६ ले हरायो । टाइम्सले धरानलाई ७२–५६ ले पन्छायो । टाइम्सका मनीष केसीले २२ स्कोर गरे । अन्माइसले जेभियरलाई ५५–३६ ले निराश पा¥यो । अन्माइसका प्रहलाद बस्नेतले २१ अंक जोडे ।

April 21, 2025

वेष्ट्रनलाई यु १४ क्रिकेटको उपाधि

सुमन अधिकारी, बुटवल आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले यु १४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । देवदह क्रिकेट युनिटलाई सोमवार भएको फाइनलमा १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि जितेको हो । नरेश्वर खेल मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० […]

April 21, 2025

सिड्नीमा अर्काे साता तोरनल्ह रनिङ कप भलिबल

सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]

April 21, 2025

न्यु साउथ वेल्सलाई भलिबल उपाधि

पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]

Success

Thank you for your time.