3 years ago
May 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलका रवि पौडेलेले १९ अंक जोडे । रोयल अघिल्ला दुवै संस्करणको विजेता हो ।
त्यस्तै जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र टाइम्सले पनि जितका साथ यात्रा प्रारम्भ गरे । जेभियरले क्वेस्टलाई ५८–३८ ले हरायो । जेभियरका लागि सम्राट भूमिले सर्वाधिक २० स्कोर गरे ।
बीएमकेले शंकरदेव क्याम्पसमाथि ५८–५० को जित दर्ता ग¥यो । बीएमकेका सोनम तेन्जिङले १९ अंक बटुले । अन्माइस नेपाल विरुद्धको प्रतिस्पर्धामा टाइम्स ७७–४६ ले विजयी भयो । टाइम्सका मनीष केसीले १५ अंक जोडे ।
प्रतियोगिताको आयोजक रोयलका सञ्चालकत्रय विनोद महर्जन, रविन खत्री र नृपेश श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १० टिम सहभागी छन् ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइएको । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । विजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । फाइनल बुधबार हुने छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]