default_image

3 years ago

May 17, 2022

एनआरएस कर्पोरेट फुटसल शनिबार

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एनआरएस प्रतिष्ठानको आयोजनामा शनिबार कर्पोरेट फुटसल हुने भएको छ । कोभिड महामारीका कारण दुई वर्ष पछि प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिएको एनआरएसका संस्थापक निलेन्द्रराज श्रेष्ठ जानकारी दिए । एक दिने प्रतियोगितामा २३ टोलीको सहभागिता रहने बनाइएको छ ।

प्रतियोगितामा नागरिक उड्ययनका दुई टिम, नेपाल खेलकुद पत्रकार मञ्च, क्लाउड फेक्ट्रीको दुई टिम, फोर्स मोटर्स, फर्निचर ल्याण्ड, फ्युज मेशिन, ग्रिष्मा वहुउद्धेश्यिय सहकारी, हिमालयन बैंक, हिमालयन बैंक लि., जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै खल्ती डिजिटल वालेट, कुमारी बैंक, नेपाल इयरलाइन्स, नेपाल ओलम्पिक कमिटी, प्रभु बैंक, कतार राजदुतावास, शिदार्थ बैंक, टोयोटा, भायानेट, जाकी पोइन्ट्स, नाइस टुर्स एण्ड ट्राभल्सले प्रतियोगितामा भाग लिएको छ ।

लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टोलीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एनआरएसका संस्थापक नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्राइयाथलन संघका अध्यक्ष हुन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.