3 years ago
May 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबका स्पाइकरद्वय उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् ।
घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्दै आएकी उषा र कामनाले पहिलोपटक विदेशी लिग खेल्न लागेकी हुन् । माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मे १९ देखि ३१ मे सम्म माल्दिभ्सको मालेमा आयोजना हुँदैछ ।
उनीहरु मंगलबारै माल्दिभ्सको माले प्रस्थान गरिसकेका छिन् । राष्ट्रिय टोलीकी समेत महत्वपूर्ण सदस्य रहेकी उषाले माल्दिभ्स नेसनल डिफेन्स फोर्स (आर्मी) बाट तथा कामनाले माल्दिभ्स सर्भिस क्लब (पुलिस) बाट खेल्नेछिन् ।
उषा र कामनाकोको सबै व्यवस्थापन आ–आफ्नो क्लबले नै गर्नेछन् । उषा र कामनाले हवाई टिकट र लजिङ-फुडिङ बाहेक झन्डै ८ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । नेपाल भलिबल संघका सदस्य तथा पुलिस क्लबका व्यवस्थापक डिएसपी भरत शाहका अनुसार दुव संघ र पुलिसबाट स्वीकृति लिएर खेल्न गएका हुन् ।
राष्ट्रिय टोलीकी पुर्व सदस्य तथा हाल नेपाल पुलिस क्लबकी सहायक प्रशिक्षक कोपिला उप्रेतीको समन्वयमा उषा र कामनाले माल्दिभ्सको लिग खेल्ने अवसर पाएका हुन् । कोपिलाले सन् २०१५ देखि २०१७ सम्म ७ पटक त्यहाँको लिग खेलिसकेकी छन् ।
नेपाली खेलाडीले माल्दिभ्सको लिग खेल्न पाउनु नेपाली खेलाडी र भलिबलका लागि खुशीको खबर रहेको उनले बताइन् । लिगको लागि अधिकांश टोलीमा नेपाली खेलाडीसँगै थाइल्यान्ड र श्रीलंकाका खेलाडीहरु रहेका छन् । केही टोलीले उज्वेकिस्तान र इरानका खेलाडीहरुलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । लिगमा १० टोलीको सहभागिता रहेको छ ।
यसअघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेताी, निमा श्रेष्ठ, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र अरुणा शाहीले खेलिसकेकी छिन् ।
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]