default_image

3 years ago

May 16, 2022

अमेरिकामा लक्ष्मणलाई रजत पदक

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी लक्ष्मण बहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा सम्पन्न १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् ।

शुक्रबार भएको प्रतियोगिताको पुरुष ४१–५० वर्षको एकल पुम्सेमा ६.९ अंकका साथ लक्ष्मण दोस्रो भएका हुन् । आठ देशका ३ सय जनाभन्दा बढी रहेको उक्त प्रतिस्पर्धामा अमेरिकन रोन सुथविक ७.१ अंक जोड्दै पहिलो भएका थिए । अर्का नेपाली खेलाडी दिपक रानाले ६.१ अंक जोड्दै तेस्रो भएका थिए ।

स्वदेशमा हुँदा कोरोना महामारीका समयमा आयोजना भएका थुप्रै अनलाइन पुम्से प्रतियोगितामा लक्ष्मणले भाग लिदै पदक जितेका थिए । गत साता सम्पन्न प्रतियोगितामा भाग लिदा आफ्नो प्रदर्शनमा निकै सुधार आएको लक्ष्मणलेब ताए । प्रतियोगिताकै गेरुगी (फाईट) तर्फ भने लक्ष्मणले निर्णायको भूमिका निर्वाह गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.