3 years ago
May 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा जारी आईवा वुमन वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी मिनु गुरुङ र चन्द्रकला थापा पराजित भएका छन् ।
फ्लाईवेट ५० देखि ५२ किलो तौल समुहमा नेपाली खेलाडी मिनु गुरुङ जापानकी रिन्का किनोसितासँग अंकको आधारमा पराजित भएकी हुन् ।
त्यसै गरी अर्का खेलाडी चन्द्रकला थापा पनि ५४ देखि ५७ तौल समुहमा भारतीय खेलाडी मनिषासँग अंककै आधारमा पराजित भइन् । रिन्का जापानका च्याम्पियन तथा मनिषा सन् २०१८ मा भारतमा भएको वल्र्ड च्याम्पियनसिप बक्सिङमा क्वाटरफाइनल पुगेकी खेलाडी हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]