3 years ago
May 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्डको उस्र्टर जाने भएको छ ।
मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा आफ्नो कौशल प्रदर्शन गर्ने छन् । सञ्जयले अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए ।
अफिसियल तथा जजका रुपमा नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा टोलीसंगै इङल्यान्ड जाँदै छन् । अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन् । लामाले तयारी राम्रो भएकाले खेलाडीले तीनै स्पर्धामा स्वर्ण जित्ने अपेक्षा गरिएको बताए ।
भूपेन्द्र शुक्रबार जाने छन् भने बाँकी टोली शनिबार उड्ने कार्यक्रम छ । टोलीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, सचिव रमेश महर्जन तथा सदस्यत्रय अशोक केसी, गुना गुरुङ र कमल मगरले बिहीबार आयोजित एक कार्यक्रमबीच बसुन्धारामा बिदाइ गरे ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]