default_image

3 years ago

May 9, 2022

बक्सिङको ‘ड्र’ सार्वजनिक, दुई खेलाडीलाई वाकओभर

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा हुन लागेको  आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक भएको छ । सोमबार भएको ‘ड्र’ अनुसार ४६ देखि ४८ किलो तौल समुहमा नेपालकी सुस्मा तामाङले मंगोलियाका लान्चिव योन प्रतिद्धन्द्धी पाएको छ ।

उनले मंगलबार प्रतिस्पर्धा गर्नेछिन । यो तौल समुहमा ३२ बक्सर रहेका छन् । त्यसैगरी ५० देखि ५२ किलो तौल नेपालकी मिनु गुरुङले जापानका आर किनोशितासँग बुधबार प्रतिस्पर्धा गर्नेछिन् । यो तौल समुहमा २८ देशका बक्सरको सहभागिता रहेको छ ।

५४ देखि ५७ किलो तौल समुहमा चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनिषासँग बुधबार खेल्ने तय गरेकी छिन् । ५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्र रहँदा नेपाली पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोविचको विजेतासँग १५ मेमा हुनेछ ।

च्याम्पियनसिपमा ७३ राष्ट्रका ३१० बक्सरको सहभागिता रहेको छ । च्याम्पियनसिपको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले १ लाख अमेरिकी डलर, ५० हजार अमेरिकी डलर र २५ हजार अमेरिकन डलरका दरले २ जनाले प्राप्त गर्नेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.