default_image

3 years ago

May 9, 2022

जेभियर र नाथमलाई उपाधि

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । जेभियर ब्वाइज तथा नाथम गल्र्समा च्याम्पियन बनेका हुन् ।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । जेभियरका रवि पौडेलले १७ अंक योगदान गरे । जेभियर लगातार पाँचौं पटक च्याम्पियन बनेको हो ।

दोश्रो क्वाटरको समाप्तिसम्म गोल्डेनगेट समग्रमा ५ अंकले अगाडि थियो । पहिलो क्वाटरमा १८–१२ को अग्रता लिएको जेभियर दोश्रोमा ८–१९ ले पछि प¥यो । तेश्रोमा २६–१० र चौथोमा २७–१४ को महत्वपूर्ण अग्रता बनाउदै जेभियरले उपाधि सुनिश्चित ग¥यो ।

उपाधिसंगै जेभियरले ५० हजार नगद पुरस्कार हात पा¥यो भने गोल्डेनगेटले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो । गल्र्सको उपाधि भिडन्तमा झरना वज्राचार्यको १३ अंक मद्दतमा नाथमले शुभश्रीलाई ३२–७ ले सहजै हराउदै नयाँ च्याम्पियन बन्यो । विगतका चार संस्करणको उपाधि जेभियरले जितेको थियो । जेभियर पाँचौं संस्करणमा सहभागी भएन भने नाथम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो ।

नाथमले पहिलोमा १३–०, दोश्रोमा ११–१, तेश्रोमा ६–२ र चौथोमा २–४ को प्रदर्शन ग¥यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे । ब्वाइजमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गल्र्समा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले समान ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठ, बीबीए निर्देशक ज्योति शेरचन, एसोसिएट डाइरेक्टर आदर्श जोशी, आर्थिक निर्देशक रमेश कुँवर र प्रिन्सिपल उदयराज पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख २१ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्सको राउन्ड रोविन लिगमा ४ टिम सहभागी थिए ।

प्रतियोगिताको प्रायेजकमा कोकाकोला, सर्भा ट्राभल्स, सम्पूर्ण प्रिन्टिङ प्रेस र ओम शान्ति टेलर्स रहेका छन् । क्वेस्टका संस्थापक निर्देशक स्व. नारायणप्रसाद श्रेष्ठको सम्झनामा क्वेस्टले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.