3 years ago
May 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आज (सोमबार) देखि सुरु हुदैछ ।
नेपाल गल्फ एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुरको तयारी पुरा भएको र प्रतियोगिता सोमबारदेखि शुरु हुने जानकारी गराए ।
प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको सहभागिता रहने छ । प्रतियोगितामा शीर्ष व्यवसायिक गल्फर शुक्र बहादुर राई, भुवन नगरकोटी, धन थापा, रामे थापा र रवि खड्काबाट उच्चस्तरको गल्फको अपेक्षा गरिएको छ ।
१३औं सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङ, सद्भव आचार्य, टासी छिरिङ, वाङ्चेन धोन्डुप र विजय श्रेष्ठले पनि प्रतिस्पर्धा गर्दैछन् । विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् । यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।