3 years ago
May 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा हुन लागेको आईबा विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाई गरेका छन् ।
चार महिलासहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापकसहित जम्मा सात जनाको टोलीलाई बिदाई गरिएको हो । ८ देखि १९ मेसम्म हुने च्याम्पियनसिपमा ८३ देशका १९२ खेलाडीको सहभागिता रहेको छ ।
उक्त बक्सिङ टोलिमा नेपाली महिला बक्सिङ्ग ४८ किलो तौल समुहमा नेपालकी उदियमान खेलाडी सुस्मा तामाङ्गले व्रिश्वका उत्कृष्ठ बक्सरहरुका बीच आफ्नो चुनौति प्रस्तुत गर्नेछिन् । तामाङ्गले यस अघि पनि आईव युथ वल्र्ड च्याम्पियनशिपमा आफ्नो उत्कृष्ठ प्रदर्शन गर्दै विश्व वरीयतामा आफुलाइ ६ नं. वरीयताक्रममा उभ्याउन सफल रहेकी छन् ।
त्यसै गरी ५२ किलो तौल समुहमा १३ औ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल एवम् एशियन ग्राण्डस्लाम बक्सिङ च्याम्पियनशिपमा समेत रजत पदक जित्न सफल रहेकि मिनु गुरुङले प्रतिष्पर्धा गर्नेछिन भने महिला ५७ किलो तौल समुहमा गत वर्ष रुषमा सम्पन्न आर्मीको विश्वस्तरको खेलमा एउटा फाईट जित्न सफल रहेकि चन्द्रकला थापाले प्रतिष्पार्धा गर्नेछिन ।
त्यसै गरी ६० किलो तौल समुहमा भने अल ईन्डिया ओपन च्याम्पियनशिपमा काश्य पदक जित्न सफल एवम् भर्खरै थाईल्याण्डको फुकेटमा सम्पन्न थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिंग प्रतियोगितामा समेत काश्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिष्पर्धा गर्नेछन् ।
उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर तथा आईबा थ्रि स्टार कोच एवम एशियन पदकधारी दीपक महर्जन रहेका छन भने टिम व्यवस्थापकमा नेपाल बक्सिङ सघका केन्द्रिय सदस्य एवम् योगा थेरापिष्ट पुष्कर राज पन्त रहेका छन् ।
उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चिस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् । साथै यहि सन २०२२ को सेप्टेम्बरमा चीनमा हुने १९ औ एशियन गेम्सका लागि महत्वपुर्ण तैयारीको रुपमा पनि यो विश्व बक्सिङ च्याम्पियनशिप महत्वपुर्ण खेल हुने व्रिश्वास नेपाल बक्सिङ संघले लिएको छ ।
उक्त प्रतियोगिताको दौरानमा हुन गईरहेको आइवाको चुनावमा सहभागि हुनका लागि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र केन्द्रीय सदस्य मान बहादुर भण्डारी पनि अर्को हप्ता ईस्तानबुल प्रस्थान गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]