3 years ago
May 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने पारा राष्ट्रिय खेलकुदको शुक्रबार उद्घाटन गरिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।
सोही अवसरमा २५औं विद्यालयस्तरीय विशेष खेलकुदको पनि सदस्य–सचिव घिसिङले उद्घाटन गरे । एकदिने प्रतियोगितमा ४० स्पर्धामा २ सय ९० खेलाडी सहभागी थिए ।
बहिराको २ सय मिटर दौडको छात्रमा केन्द्रीय बहिरा माविका विशाल नकर्मी तथा छात्रामा सोही माविकी शिल्पाकुमारी कर्णले स्वर्ण जिते । आंशिक दृष्टिविहीनको १ सय मिटर दौडमा ग्यालेक ग्याल्छेन पहिलो भए । बौद्धिक अपाङ्गको १ सय मिटर दौडतर्फ छात्रमा निर्मल स्कुलका प्रवल शर्मा र छात्रामा नवज्योतिकी रोजिना श्रेष्ठले शीर्ष स्थान हात पारे ।
पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न १२ संस्थालाई दृष्टिविहीन क्रिकेट, बोसिया, साउन्ड टेबलटेनिस, व्हीलचेयर बास्केटबल, बहिरा फुटसल र बुद्धिचाल, दृष्टिविहीनको गोल बल, पारा साइक्लिङ, पारा भारोत्तोलन तथा एम्पुटी फुटबल सञ्चालन गर्न जिम्मेवारी दिइएको छ । सम्बन्धित संस्थाले जेठ १५ गतेसम्म आ–आफ्नो जिम्मामा परेको खेल सम्पन्न गर्नु पर्ने छ । सम्बन्धित संस्थालाई सदस्य–सचिव घिसिङले खेल सामाग्री पनि हस्तान्तरण गरेका थिए ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]