default_image

3 years ago

May 6, 2022

अपराजित रहँदै आर्मी शीर्षस्थानमा

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय त्रिभुवन आर्मी क्लब छैटौं आरबिबी एनभिए लिग भलिबल अन्तरगत पुरुषतर्फ अपराजित रहँदै शीर्षस्थानमा रहन सफल भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै अपराजित र शीर्षस्थानमा रहन सफल भएको हो ।

पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट ३०–२८ र चौथो सेट २५–२३ ले जित्न सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको आर्मीको ५ खेलबाट १५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब १४ अंकसहित दोस्रो स्थानमा रहेको छ । शुक्रबारै हेल्प नेपालले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गरेको छ । गल्कोटको २ तथा ढोरपाटनको १ अंक छ ।

महिलातर्फ नेपाल एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई २५–१९, २५–१० र २५–९ ले पराजित गरेको छ । एपिएफको चार खेलबाट ९ अंक पुगेको छ । डायमन्डले चार खेलबाट १ अंक जोड्यो । पुलिसको ३ खेलबाट ९ तथा एभरेस्टको २ अंक छ ।

२४ बैशाखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । क्लब लिगमा पुरुषतर्फ ७ र महिलामा ५ टोलीको सहभागिता रहेको छ । टोलीहरु गत असोजमा भएको क्लब च्याम्पियनसिपबाट छनोट भएका हुन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, गल्कोट स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र ढोरपाटन स्पोर्टस क्लब गरि कुल ७ टोलीको सहभागीता रहेको छ । महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोली रहेका छन् ।

क्लब लिगको महिला तथा पुरुष विजेताले समान ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार पाउनेछन् । उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो, प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.