3 years ago
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लबको महिला टोलीले छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा लगातार तेस्रो जित निकाल्दा पुरुष टोलीमा हार बेहोरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिबार भएको खेलमा पुलिसले प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो । एकपक्षीय बनेको खेलमा पुलिसले डायमन्डलाई २५–११, २५–१७ र २५–१५ ले सहजै हराउन सफल भयो ।
यो जितसँगै पुलिसको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित डायमन्डले तीन खेलबाटै १ अंक जोडेको छ । लिगकै अर्काे खेलमा अर्को विभागिय टोली एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५ र २५–१९ ले पराजित गर्दै दोस्रो जित निकालेको छ । यो जितसँगै एपिएफको तीन खेलबाट ६ अंक भएको छ । एभरेस्टको ३ खेलबाट २ अंक छ ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको भलिबल क्लब लिगमा पुरुषतर्फ गल्कोट स्पोर्टस् क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जित निकालेको छ ।
गल्कोटले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ सेटमा पराजित गरेता पनि अंक बाड्न बाध्य भयो । गल्कोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२ र १५–८ ले पराजित गरेको हो । गल्कोटको यो जित संगै २ अंक भएको छ । ढोरपाटनको १ अंक भएको छ ।
अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुलिस क्लबमाथि ३–० को जित निकालेको छ । हेल्प नेपालले २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै आफ्नो खातामा थप ३ अंक जोड्यो । यस संगै हेल्प नेपालको ११ अंक भएको छ । यस्तै सेनाको १२ अंक भएको छ ।
२४ बैशाखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । क्लब लिगमा पुरुषतर्फ ७ र महिलामा ५ टोलीको सहभागिता रहेको छ । टोलीहरु गत असोजमा भएको क्लब च्याम्पियनसिपबाट छनोट भएका हुन् ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, गल्कोट स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र ढोरपाटन स्पोर्टस क्लब गरि कुल ७ टोलीको सहभागीता रहेको छ । महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोली रहेका छन् ।
क्लब लिगको महिला तथा पुरुष विजेताले समान ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार पाउनेछन् । उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो, प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]