3 years ago
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हांग्झोउमा सेप्टेम्वरमा हुने १९औं एसियन गेम्स (एसियाड) का लागि जुडोबाट १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् ।
प्रत्येक तौलसमूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता नियोग (पाम)का सुबोध मण्डल, ६६ केजीमुनि प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र पामका उत्तम प्रधान श्रेष्ठ छनोट भए ।
यस्तै ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल र सुदेश दोङ, ८१ केजीमुनि नेपाल आर्मी जंगबहादुर सारु र कैलालीका योगेन्द्र विष्ट, ९० केजीमुनि प्रहरीका मनीष महतो र आर्मी सुजन गुरुङ, १०० केजीमुनि रमेशबहादुर चन्द र पर्साका हिमान्शु गुप्ता तथा १०० केजीमाथि प्रहरीका राजन जोशी र रन्जेश गोले छनोट भए ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा शनिबार भएको छनोट प्रतियोगिताको महिला ४८ केजीमुनि आर्मी र पामकी निशा श्रेष्ठ, ५२ केजीमुनि पामकी देवकी माया श्रेष्ठ र एपीएफकी रत्ना तामाङ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान र आर्मीकी विमला आले मगर, ६३ केजीमुनि आर्मीकी लीला अधिकारी र एपीएफकी देवीका खड्का छानिए ।
यस्तै ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र प्रहरीकी निशा चौधरी, ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङ र आर्मीकी रचना श्रेष्ठ तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र मकवानपुरका अस्मिता गोले छानिए । इन्द्र, देवकी र निशा सहोदार दाइ बहिनी हुन् ।
जुडो संघले आयोजना गरेको एकदिने छनोटमा ३२ पुरुष र २५ महिला खेलाडी सहभागी थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]