3 years ago
April 30, 2022
एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात सुरुवाती नौं मध्य आठ खेलमा जितका साथ शीर्षस्थानमा रहँदै प्लेअफ नजिक पुगेको हो ।
जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा राहुल टेवाटिया २५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहे । डेविड मिलर २४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । पाँचौं विकेटका लागि मिलर र टेवाटियाले ७९ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए ।
ओपनर ऋद्धिमान शाह २९, सुभमन गिल ३१, शाई सुदर्शन २० र कप्तान हार्दिक पान्ड्या ३ रनमा आउट भए । बेंगलोरका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । शहबाज अहमदले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । बेंगलोरका विराट कोहलीले ५३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । खराब लयबाट गुज्रिएका कोहलीले सुस्त शैलीमा अर्धशतक पूरा गरेका थिए ।
कोहलीको जारी सिजनमा पहिलो अर्धशतक हो । कोहलीको यसअघिको प्रदर्शन सम्झन लायक थिएन । कोहली सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सविरुद्ध लगातार गोल्डेन डक हुन पुगेका थिए । कोहलीलाई मोहम्मद शामीले बोल्ड गरे ।
ओपनर फाफ डु प्लेसिस चार बल खेल्दै शून्यमा आउट भए । तर दोस्रो विकेटका कोहली र राजत पाटिदरले ९९ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । पाटिदर ३२ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा क्याच आउट भए । उनलाई जारी आइपिएलमा पहिलो खेल खेलेका बायाँ हाते बलर प्रदीप संगवानले सुभमन गिलबाट क्याच गराए ।
तल्लोक्रमका ग्लेन म्याक्सवेलले १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए । महिपाल लोमरले ८ बलमा २ चौका र १ छक्कासहित १६ रन बनाए । गुजरातका प्रदीप संगवानले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।
स्पिनर राशिद खानले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । लोकी फर्गुसन र अल्जारी जोशेफको नाममा १-१ विकेट रह्यो । बेंगलोरले अव बुधबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । गुजरातले मंगलबार पन्जाब किंग्ससँग खेल्नेछ ।
अंक तालिका
गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।
बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]